एमसीसीले नेपाललाई नवउपनिवेशवादतर्फ लैजान्छ: प्रेम सुवाल (भिडिओ)

अमेरिकी अधिकारीहरूले एमसीसी सैन्य मोर्चाअन्तर्गत भएको स्पष्ट पारिसकेको दावी गर्दै यस सम्झौताले नेपाललाई अँध्यारोतर्फ लैजाने दावी उनले गरे।

नेपालभ्युज

एमसीसीले नेपाललाई नवउपनिवेशवादतर्फ लैजान्छ: प्रेम सुवाल (भिडिओ)

काठमाडौं। नेपाल मजदुर किसान पार्टीका नेता एमसीसीले नेपाललाई नवउपनिवेशवादतर्फ लैजाने दावी गरेका छन्। यो सम्झौता अमेरिकाले भारतका लागि नेपालसँग गरेको बताउँदै एमसीसी नेपालका लागि नआएको दावी उनले गरे।

सत्ता साझेदार दलहरूले व्याख्यात्मक घोषणा गरी एमसीसी पास गर्ने सहमति गरेकोमा उक्त घोषणाको औचित्य नभएको उनले बताए। अमेरिकी र भारतसँग नेपालको राम्रो सम्बन्ध भएको तर एमसीसीलाई माध्यम बनाएर भारतीय विस्तारवाद र अमेरिकी विस्तारवादको विरोध गर्नुपर्ने उनको भनाइ थियो।

अमेरिकी राजदूतको फोनले नेताहरू त्राहिमाम भएको आरोप उनले लगाए। अमेरिकी अधिकारीहरूले एमसीसी सैन्य मोर्चाअन्तर्गत भएको स्पष्ट पारिसकेको दावी गर्दै यस सम्झौताले नेपाललाई अँध्यारोतर्फ लैजाने दावी उनले गरे। यो सम्झौता नेपालको अर्थतन्त्र र विद्युतका लागि नभएर गोरखपुरसम्म प्रशारण लाइन लगेर भारत हुँदै सिंगापुरसम्म बिजुली लैजाने मनसायले आएको उनको भनाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved