सदनमा एमसीसी पारित हुँदै, सडकमा विरोध कायमै (फोटो फिचर)

यसअघि, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता पनि सडकमा रहेकामा पार्टीले पास गर्ने निर्णय गरेपछि आन्दोलनमा सहभागिता न्यून देखिएको छ।

नेपालभ्युज

सदनमा एमसीसी पारित हुँदै, सडकमा विरोध कायमै (फोटो फिचर)

काठमाडौं। संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको आजको बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसीमाथि सांसदहरुले आफ्नो धारणा व्यक्त गरिरहेका छन्।

सत्तारुढ दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी)ले एमसीसी पास गर्ने औपचारिक निर्णय गरेसँगै एमसीसी सम्झौता संसद्बाट पारित हुने देखिएको हो।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विरोध कायम राखेकै अवस्थामा संसद्मा एमसीसीमाथि सांसदहरुले धारणा राख्न शुरु गरेका हुन्। सदनमा एमसीसी पास गर्ने तयारी हुँदै गर्दा संसद् भवनबाहिर भने विरोध प्रदर्शन जारी छ।

एमसीसी खारेज गर्नुपर्ने मागसहित सडकमा निरन्तर प्रदर्शन भइरहेको छ। यसअघि, माओवादी र एकीकृत समाजवादीका कार्यकर्ता पनि सडकमा रहेकामा पार्टीले पास गर्ने निर्णय गरेपछि आन्दोलनमा सहभागिता न्यून देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved