मोटरसाइकल चोरेर जंगलमा लुकाएको आरोपमा दुई जना पक्राउ

नेपालभ्युज

मोटरसाइकल चोरेर जंगलमा लुकाएको आरोपमा दुई जना पक्राउ

सर्लाही। चोरीको मोटरसाइकल जंगलमा लुकाइएको अवस्थामा मोटरसाइकलसहित सर्लाही प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

शनिबार मध्यराति बागमती नगरपालिका ९, बाट हराएको ज ६ प २६०४ नम्बरको मोटरसाइकल आठ घण्टापछि आइतबार बिहान प्रहरी चौकी राजघाटको टोलीले बरामद गरेको हो।

इलाका प्रहरी कार्यालय बरहथवाका अनुसार मोटरसाइकल चोरी गरेर बागमती नगरपालिकास्थित शंकरपुर जंगलमा लुकाई राखेको अवस्थामा बरामद भएको थियो।

मोटरसाइकलसँगै बागमती ९, शंकरपुर बस्ने १९ वर्षीय विनोद महतो र सोही स्थानका १८ वर्षीयका अनिलकुमार यादवलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक जटाशंकर यादवले जानकारी दिए। घटनाको विषयमा थप अनुसन्धान भइरहेको सर्लाही प्रहरीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved