पीएसजीको जितमा एम्बाप्पेको दुई गोल, मेस्सीको दुई असिस्ट

नेपालभ्युज

पीएसजीको जितमा एम्बाप्पेको दुई गोल, मेस्सीको दुई असिस्ट

काठमाडौं । फ्रेन्च लिग वानमा आज राति भएको खेलमा शीर्ष स्थानको पीएसजीले फराकिलो जित निकालेको छ।

१६ औं मिनेटमा गोल खाएर पछि परेको पीएसजीले सेन्ट इटिनेलाई ३-१ गोल अन्तरले हराएको हो। घरेलु मैदानमा पहिलो हाफमा बराबरी खेले पनि लियोन मेस्सी र कलियन एम्बाप्पेको उत्कृष्ट कम्बिनेसनका कारण पीसजी तीन अंक जोड्न सफल भयो।

एम्बाप्पेले ४२ औं र ४७ औं मिनेटमा दुुई गोल गर्दै टोलीलाई २-१ को अवस्थामा पुर्‍याएका थिए। दुवै गोलमा मेस्सीको पास रहेको थियो। त्यस्तै एम्बाप्पेले नै ५२ औं मिनेटमा दिएको पासमा ड्यानियल पेरेराले पीएसजीलाई ३-१ को जित दिलाए।

अघिल्लो खेलमा हार बेहोरेको पीएसजीले यो जितसँगै २६ खेलबाट ६२ अंक जोड्न सफल भयो। जुन दोस्रो स्थानको नाइसभन्दा १४ अंकले बढी हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved