एमसिसी पारित गर्ने संस्थागत निर्णय गर्न माओवादी केन्द्र र नेकपा एसको बैठक बस्दै

गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न निर्णायक छलफल अघि बढाएका छन्।

नेपालभ्युज

एमसिसी पारित गर्ने संस्थागत निर्णय गर्न माओवादी केन्द्र र नेकपा एसको बैठक बस्दै

काठमाडौं। गठबन्धन तोड्ने प्रधानमन्त्री शेरबहादुर देउवाको चेतावनीपछि नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीले एमसिसी पारित गर्न निर्णायक छलफल अघि बढाएका छन्। एमसिसीबारे छलफल गर्न माओवादी केन्द्रले आइतबार पूर्व स्थायी कमिटी सदस्यहरूको बैठक बोलाएको छ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ को निवास खुमलटारमा आइतबार बिहान बस्ने उक्त बैठकमा एमसिसीबारे छलफल हुने एक नेताले बताए। अन्तर्राष्ट्रिय प्रचलनमा रहेको ’इन्टरप्रेटिभ डिक्लेरेसन’ (व्याख्यात्मक घोषणा) मार्फत एमसिसीमा उठेका चासो सम्बोधन गर्ने बाटो गठबन्धन सरकारले अघि बढाएको हो।

यो व्याख्यात्मक टिप्पणीको मस्यौदा तयार पार्ने कामको संयोजन अन्तर्राष्ट्रिय कानुनका ज्ञाता अधिवक्ता गोविन्द बन्दीले गरेका थिए। यसबारे छलफल गर्न एकीकृत समाजवादीले आइतबार ११ बजे सचिवालय बैठक बोलाएको छ।

उक्त बैठकमा व्याख्यात्मक टिप्पणीको प्रस्तावनाबारे छलफल हुने बताइएको छ। संसद बैठक शुरु हुनुअघि ती दलका बैठक बस्न लागेको हो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved