बाह्र घण्टापछि प्रहरीले बलपूर्वक खुलायो राजमार्ग

नेपालभ्युज

बाह्र घण्टापछि प्रहरीले बलपूर्वक खुलायो राजमार्ग
फाइल तस्वीर।

सुर्खेत । सुर्खेत भेरीगंगा नगरपालिका–१, का वडा अध्यक्ष नवराज कार्कीको उपचारको क्रममा मृत्यु भएपछि स्थानीयले बिहानैदेखि बन्द गराएको रत्न राजमार्ग प्रहरीले १२ घण्टापछि खुलाएको छ। सडक दुर्घटनामा गम्भीर घाइते भएका वडाध्यक्षको उपचारको क्रममा मृत्यु भएको थियो।

त्यसयता आक्रोशित भिडले शनिबार बिहानैदेखि छिन्चु बजार र सडक बन्द गरेको थियो। रत्न राजमार्गअन्तर्गत पर्ने यस सडक प्रहरीले १२ घण्टापछि बल प्रयोग गरेर खुलाएको हो।

दोषीलाई कारवाही हुनुपर्ने, मृतकका परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने, हालसम्मको उपचार खर्च दिनुपर्नेलगायत माग राख्दै स्थानीयले बजार र सडक बन्द गराउँदा यात्रुहरुको विचल्ली भएको थियो।

प्रहरीले लामो समयदेखि रोकिएका सवारीहरुलाई बल प्रयोग गरेर खुलाउने प्रयास गरेपनि सफल नभएपछि पुनः ठूलो संख्यामा प्रहरी परिचालन गरेर सवारी आवागमन खुलाइएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवम् डिएसपी रामप्रसाद घर्तीले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved