उद्धार गरिदिने वाशिङ्टनको प्रस्ताव युक्रेनी राष्ट्रपतिद्वारा अस्वीकार

नेपालभ्युज

उद्धार गरिदिने वाशिङ्टनको प्रस्ताव युक्रेनी राष्ट्रपतिद्वारा अस्वीकार

एजेन्सी। युक्रेनका राष्ट्रपति भ्लादिमिर जेलेन्स्कीले युक्रेनबाट उनलाई उद्धार गर्ने वाशिङ्टनको प्रस्तावलाई अस्वीकार गरेका अमेरिकी सञ्चारमाध्यमहरूले जनाएका छन्।

“लडाइँ यहाँ भइरहेको छ। मलाई हतियार चाहिएको छ, कुनै सवारी होइन,” अमेरिकी समाचार संस्था एपीले वार्तालापबारे जानकारी भएका एक वरिष्ठ गुप्तचर अधिकारीलाई इंगित गर्दै जेलेन्स्कीले भनेका सञ्चारमाध्यमले जनाएका छन्।

द वाशिङ्टन पोस्टले पनि अमेरिकी र युक्रेनी अधिकारीहरूलाई उद्धृत गर्दै अमेरिकी सरकार जेलेन्स्कीलाई सहयोग गर्न तयार रहेको जनाएको छ। रुसी हमलाविरुद्ध जनाएको प्रतिक्रियाका कारण जेलेन्स्कीको समाजिक सञ्जालमा प्रशंसा भइरहेको छ।

विगतमा हास्यव्यङ्ग्यकार तथा अभिनेता रहेका उनले निरन्तर लडिरहने प्रतिबद्धता जनाएका छन्। एउटा सम्बोधनमा उनले भनेका छन्, “जब तिमीहरूले हामीलाई आक्रमण गर्छौं हामी त्यसको सामना गर्छौं, भाग्दैनौं”

उनले आफैँले खिचेको एउटा भिडिओ पनि पोस्ट गरेका छन् जसमा उनी र उनका सहयोगीहरू किएभमा देखिन्छन्। उनले भनेका छन्, “हामी सबै यहाँ छौँ र यो यस्तै भइरहन्छ।”

बीबीसीबाट


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved