प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि छलफल हुँदै

नेपालभ्युज

प्रधानमन्त्री देउवा र एमाले अध्यक्ष ओलीबीच आज पनि छलफल हुँदै

काठमाडाैं। प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीबीच आज पनि छलफल हुने भएको छ।

बालकोटस्थित ओली निवासमा शुक्रबार साँझ भएको भेटमा दुई नेताबीच संसद् अवरोध हटाउने र संसद्मा टेबुल भएको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सबैको सहमतिमा पारित गर्नेबारेमा छलफल भएको थियो।

बैठकमा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष नेता ओलीसँग आफ्नो अडान छाडेर राष्ट्रियहितका लागि एमसीसीलाई सबैको सहमतिमा प्रतिनिधिसभाबाट अनुमोदन गर्न प्रस्ताव गरेका थिए। संसद्बाट एमसीसी पास गर्न सहयोग गर्न कांग्रेसले गरेको प्रस्तावमा एमाले सकारात्मक देखिएको थियो। दुई दलबीच एक ठाउँमा उभिएर प्रस्ताव अघि बढाउने छलफल भएको थियो।

उक्त छलफलमा एमालेले पुरानै माग राखेको थियो। नेकपा एमालेका अध्यक्ष ओलीले १४ जना सांसदलाई पदमुक्त गरेको सूचना टाँस्ने वा सभामुखले मार्गप्रशस्त गर्नुपर्ने शर्त कांग्रेससामु राखेका थिए। कांग्रेस एमालेका मागप्रति सकारात्मक देखिएको थियो।

दुई दलबीच आज पुनः छलफल हुने एमालेका उपमाहसचिव प्रदीप ज्ञवालीले बताएका थिए। एमालेले सरकारमा जाने र लेनदेन गर्नेबारेमा कुनै प्रस्ताव नराखेको भन्दै नेता ज्ञवालीले कांग्रेस र एमालेबीच शनिबार पुनः छलफल हुने जानकारी उनले दिए। कांग्रेस ‘अर्लिइलेक्सन’ मा जान चाहेमा एमालेको साथ रहने उनको भनाइ छ।

शुक्रबारको छलफलमा कांग्रेस सभापति एवं प्रधानमन्त्री देउवा, सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की, पार्टी उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा र एमालेबाट ओलीकातर्फबाट महासचिव शङ्कर पोखरेल र उपमहासचिव प्रदीप ज्ञवालीको सहभागिता रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved