एमसीसीको विपक्षमा भोट हालेर सरकार छाड्ने माओवादी केन्द्रको निर्णय

नेपालभ्युज

एमसीसीको विपक्षमा भोट हालेर सरकार छाड्ने माओवादी केन्द्रको निर्णय
फाइल तस्वीर

काठमाडौं । सत्ता साझेदार नेकपा माओवादी केन्द्र सरकारबाट बाहिरिने भएको छ।

नेकपा माओवादी केन्द्रको शीर्ष नेताहरूको बैठकले संसदमा एमसीसीको विपक्षमा उभिने निर्णय गरेको हो।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवासमा आज बसेको बैठकले एमसीसीको विपक्षमा मतदान गरेर सरकार छाड्ने निर्णय भएको माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए।

आज शीर्ष नेताहरूसहित बसेको निर्णय भने औपचारिक भएको नेता पोखरेलले बताए।

एमसीसीको विपक्षमा मतदान गरे सरकारमा बस्‍न नमिल्ने भएकाले बाहिरिनुपर्ने निष्कर्षमा आफूहरू पुगेको उनले बताए। तर कहिले सरकार छाडने भन्नेबारे भने अहिले नै यकिन नभएको पनि उनले बताए।

एमसीसीकै विषयलाई लिएर हाल सत्ता गठबन्धन विभाजित छ। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले यसअघि प्रधानमन्त्री शेरबहादुर देउवासँग र एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग बिहीबार एमसीसीबारे छलफल गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved