नेकपा एमालेको महोत्तरी अधिवेशन पुनः स्थगित

नेपालभ्युज

नेकपा एमालेको महोत्तरी अधिवेशन पुनः स्थगित

जनकपुरधाम । नेकपा एमाले महोत्तरीको ११ र १२ फागुनमा तय गरिएको अधिवेशन स्थगित भएको छ। आवश्यक गृहकार्य नसकिएकाले अधिवेशन स्थगित गरिएको एमाले महोत्तरीले जनाएको छ। पार्टीको आन्तरिक विवादको कारण पटक-पटक स्थगित हुँदै आएका धनुषा, सर्लाही र महोत्तरीको अधिवेशनका लागि मधेश प्रदेश कमिटीको बैठकले नयाँ मिति निर्धारण गरेको थियो।

प्रदेश कमिटीले निर्धारित मितिमा अधिवेशन गर्नका लागि गृहकार्य गर्न निर्देशन दिएपनि जिल्लामा देखिएको विवादले भोली बुधबार (११ फागुन)  देखि शुरू हुने भनिएको अधिवेशन पुनः स्थगित भएको हो।

एमाले केन्द्रीय सदस्य तथा महोत्तरीका सहइन्चार्ज सरोज यादवले भोलि निर्धारण गरिएको अधिवेशन स्थगित गरिएको र अर्को मिति प्रदेश र केन्द्रसँग समन्वय गरेर तोकिने बताए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved