प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे ओली

बालुवाटारमा ओली र देउवाबीच एमसीसी र पछिल्लो राजनीतिक परिवेशका विषयमा छलफल हुने बताइएको छ।

नेपालभ्युज

प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगे ओली
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटार गएका छन्। प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफलका लागि ओली बालुवाटार लागेका हुन्।

सरकारले अमेरिकी सहयोग परियोजना एमसीसीलाई संघीय संसद्को प्रतिनिधिसभामा टेबुल गराएपछि देउवालाई भेट्न ओली बालुवाटार गएका हुन्।

ओली भक्तपुरको बालकोटस्थित निजी निवासबाट साँझ सवा ६ बजेतिर बालुवाटार हिँडेका उनका प्रेस सहयोगी रामशरण बजगाईँले जानकारी दिए। ओलीसँगै एमालेका केही नेता पनि रहेका छन्।

बालुवाटारमा ओली र देउवाबीच एमसीसी र पछिल्लो राजनीतिक परिवेशका विषयमा छलफल हुने बताइएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved