मधेश प्रदेशसभाको बैठक स्थगित

नेपालभ्युज

मधेश प्रदेशसभाको बैठक स्थगित

काठमाडौं । मधेश प्रदेशसभाको बैठक स्थगित भएको छ मंगलबार दिउँसो २ बजे बोलाइएको बैठक स्थगित भएको हो। प्रदेशसभा सचिवालयका सचिव रन्जितकुमार यादवले विशेष कारणले गर्दा प्रदेशसभाको बैठक स्थगन भएकोे बताए। उनले फागुन २२ सम्मका लागि बैठक स्थगित भएको जानकारी दिए।

दोस्रो पटक प्रदेशसभाको बैठक स्थगित भएको छ। यसअघि फागुन १ गते आह्वान गरेको प्रदेशसभाको बैठक विशेष कारण जनाउँदै प्रदेशसभा सचिवालयले स्थगन गरेको थियो।

प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved