नेतृत्वलाई माओवादीका सांसदको प्रश्नः पार्टीले सरकार छाड्ने हो कि हामीले सदन ?

माओवादी केन्द्रको संसदीय दलको बैठकमा एमसीसी संसद्मा पेश नगर्ने निर्णय भए पनि पछि नेतृत्वले संसद्मा पेश गर्न अनुमति दिएको भन्दै माओवादी केन्द्रका सांसदले विरोध जनाएका हुन्।

नेपालभ्युज

नेतृत्वलाई माओवादीका सांसदको प्रश्नः पार्टीले सरकार छाड्ने हो कि हामीले सदन ?

सुर्खेत। सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले एमसीसी विषयमा द्वैध चरित्र देखाएको विषयमा माओवादी केन्द्रका सांसदले नै प्रश्न उठाएका छन्।

माओवादी केन्द्रको संसदीय दलको बैठकमा एमसीसी संसद्मा पेश नगर्ने निर्णय भए पनि पछि नेतृत्वले संसद्मा पेश गर्न अनुमति दिएको भन्दै माओवादी केन्द्रका सांसदले विरोध जनाएका हुन्।

माओवादी केन्द्रका तर्फबाट कालिकोटमा प्रत्यक्ष निर्वाचन जितेका माओवादी केन्द्रका सांसद दुर्गबहादुर रावतले सरकारमा पनि बस्ने र सडकमा एमसीसीको विरोध पनि गर्न लगाउने गरेको भन्दै प्रष्ट हुन भनेका हुन्।

‘संसद्मा एमसीसी टेबुल भयो। हाम्रो दलको निर्णय सरकार छोड्ने हो ?,’ रावतले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘कि हामी सांसदले सदन छोड्ने ? पार्टीको के हो खबर पाऊँ।’

एमसीसीको विषयमा पार्टीको स्पष्ट नीति तथा धारणा नभएको रावतको बुझाइ छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved