बेवारिसे बालकहरू र मृतक महिलाबीच आमाछोरा सम्बन्ध, श्रीमानले हत्या गरेको खुलासा

हत्या आरोपमा दुई पक्राउ, एक फरार

नेपालभ्युज

बेवारिसे बालकहरू र मृतक महिलाबीच आमाछोरा सम्बन्ध, श्रीमानले हत्या गरेको खुलासा

जनकपुरधाम। महोत्तरीको जंगलमा फेला परेको गर्भवती महिला शव र बेवारिस फेलाका दुई बालक घटनाका मुख्य योजनाकार पक्राउ परेका छन्। बालकलाई बेवारिस अवस्थामा छोडेर भाग्ने र महिलाको हत्या गर्ने एउटै व्यक्ति रहेको खुल्न आएको छ।

गौशला नगरपालिका १२ स्थित सगरनाथ वन परियोजनाको जंगलमा भेटिएको गर्भवती महिला शव र सोही क्षेत्रमा भेटिएका दुई साना बालकहरूबीच आमाछोराको सम्बन्ध रहेको खुल्न आएको छ भने महिलाको हत्या उनकै श्रीमानले गरेको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीले आज पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिँदै महिलाको हत्या गरेको आरोपमा निजका श्रीमान् भारतको विहार राज्य सीतामढी ग्राम पञ्चायत भासर मघहा वडा नं.७ अनारवन घर भई हाल सर्लाही मलगंवा नगरपालिका वडा नं.९ स्थित डेरा गरी बस्ने ३७ वर्षीय अजय महतो कोइरी र हत्या गर्न सहयोग गरेको आरोपमा सर्लाहीको मलंगवा नगरपालिका वडा नं. ३ बस्ने ३४ वर्षीय प्रमोद राउतलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरू माथि कर्तव्य ज्यानसम्बन्धी मुद्दा दर्ता गराई थप असुन्धान शुरु गरिएको महोत्तरी प्रहरी प्रमुख एसपी कृष्ण पंगेनीले जानकारी दिएका छन्।

यो पनि पढ्नुहोस्

बेवारिसे बालकहरूले झस्काएको गर्भवती महिलाको हत्या अनुसन्धान

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved