एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा

नेपालभ्युज

एमसीसी अब पास हुन्छ : प्रधानमन्त्री देउवा
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना अब पास हुने बताएका छन्।

प्रमुख प्रतिपक्षी दल नेकपा एमाले तथा सरकारमै भएका दलहरूको अवरोधकैबीच आजको प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको थियो।

बैठकपछि बाहिर निस्किने क्रममा सञ्चारकर्मीहरूले प्रधानमन्त्री देउवालाई एमसीसी अब के हुन्छ भनेर प्रश्न गरेका थिए। उक्त प्रश्नको संक्षिप्त जवाफ दिँदै प्रधानमन्त्री देउवाले भने, ‘‘अब पास हुन्छ ।’’

आजको प्रतिनिधिसभा बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी टेबुल गर्न अस्वीकार गरेपछि अर्थमन्त्री शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबुल गरेका थिए।

तत्कालीन अर्थमन्त्री युवराज खतिवडाले ३० असार २०७६मा एमसीसी सम्झौता अनुमोदनका लागि संसद् सचिवालयमा दर्ता गरेका थिए। त्यसयता यस सम्झौताबारे सहमति हुन नसक्दा संसद्मा टेबुल हुन सकेको थिएन।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved