सुदूरपश्चिममा ७ सय ६ वटा मानवअधिकार उल्लंघनका घटना

नेपालभ्युज

सुदूरपश्चिममा ७ सय ६ वटा मानवअधिकार उल्लंघनका घटना

धनगढी । इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीले नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ सार्वजनिक गरेको छ। १९९२ देखी नेपाल मानव अधिकार वर्ष पुस्तक प्रकाशन गर्दै आएको इन्सेकले शनिवार एक कार्यक्रमबीच ३० औँ संस्करण सार्वजनिक गरेको हो।

नेपाल मानवअधिकार वर्ष पुस्तक २०२२ को केन्द्रदेखि प्रदेशसम्म एकसाथ सार्वजनिकीकरण कार्यक्रम अनुरूप सुदूरपश्चिम प्रदेश सरकारकी आन्तरिक मामिला तथा कानुन मन्त्री पूर्णा जोशीले गरेकी हुन्। सो पुस्तक सार्वजनिक गर्दै इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय धनगढीका संयोजक खडक राज जोशीले ३० औँ संस्करणसम्म आईपुग्दा सहयोग गर्ने सम्पूर्णलाई धन्यवाद दिएका छन्।

यसै क्रममा इन्सेक सुदूरपश्चिमले वर्ष भरी उत्कृष्ट काम गरेको भन्दै इन्सेक अछाम प्रतिनिधिलाई सम्मान गरेको थियो।

इन्सेकले सार्वजनिक गरेको पुस्तकमा उल्लेख गरिए अनुसार सुदूरपश्चिम प्रदेशमा राज्य पक्षबाट २१ र अन्य पक्षबाट ६ सय ८५ जना गरी जम्मा ७ सय ६ वटा मानवअधिकार उल्लघनका घटना सार्वजनिक भएका छन्। यो तथ्याङ्क हेर्दा प्रदेशमा मानवअधिकार उल्लघनका घटनामा अझै पनि कमी भने आउन सकेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved