माछा बोकेको गाडीबाट लागूऔषधसहित दुई जना पक्राउ

प्रहरीले उनीहरुको साथबाट ८५ हजार नगदसमेत बरामद गरेको र थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

नेपालभ्युज

माछा बोकेको गाडीबाट लागूऔषधसहित दुई जना पक्राउ

जनकपुरधाम। सर्लाहीमा माछा बोकेको पिकअप गाडीबाट १२६ केजी लागुऔषध गाँजासहित दुई जनालाई पक्राउ गरिएको छ।

पक्राउ पर्नेमा गाडी चालक धादिङ सिद्दलेक गाउँपालिका–६ का २२ वर्षीय सुरेन्द्र बिक र गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका–२ का ४८ वर्षीय भीमलाल मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीका इन्स्पेक्टर कृष्ण गिरीले जनाएअनुसार विशेष सूचनाको आधारमा शनिबार बिहान लालबन्दी नगरपालिका–१ भवानी हेल्थ केयर अगाडि पूर्व-पश्चिम लोकमार्गमा पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोकेको पिकअप गाडीबाट लागूऔषध गाँजा बरामद गरिएको हो।

इन्स्पेक्टर गिरीले पिकअपमा माछा बोक्ने पहेलो ड्रम भित्रबाट १२६ केजी गाँजा बरामद गरिएको जानकारी दिए।

प्रहरीले उनीहरुको साथबाट ८५ हजार नगदसमेत बरामद गरेको र थप अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved