झिनो अंकले घट्यो शेयर बजार

नेपालभ्युज

झिनो अंकले घट्यो शेयर बजार

काठमाडौं। साताको अन्तिम कारोबार दिन बिहीबार शेयर बजार झिनो अंकले घटेको छ। धितोपत्र बजारमा आज नेप्से  एक दशमलव ९४ अंकले घटेर शेयर बजार दुई हजार ७३२ दशमलव ५१ अंकमा पुगेर बन्द भएको छ।

आज कुल १३ उपसमूहमध्ये सात समूहको शेयरमा गिरावट आएको छ भने वित्त, हाइड्रोपावर, निर्माण तथा उत्पादन, म्युचअल फण्ड र अन्य उपसमूहको शेयर बढेको छ।

आज शेयर कारोबार पनि घटेको छ। यस दिन कारोबारमा आएका २२७ कम्पनीको दुई अर्ब २७ करोड ८१ लाख रुपैयाँको ४० लाख १७ हजार कित्ता शेयर खरीदबिक्री भएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved