प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेट

एमसीसीबारे सत्ता साझेदारबीच पनि मतभेद भएको र विरोधमा प्रदर्शनहरू भइरहेकाले अमेरिकाले दिएको समयसीमा बढाउन राजदूत बेरीलाई प्रधानमन्त्री देउवाले अनुरोध समेत गरेका थिए।

नेपालभ्युज

प्रधानमन्त्री देउवा र अमेरिकी राजदूतबीच भेट

काठमाडौं। अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदन गर्ने विषयमा सत्ता साझेदार दलहरूबीच बढ्दै गइरहेको बेला नेपालका लागि अमेरिकी राजदूत र्‍यान्डी बेरी प्रधानमन्त्री शेरबहादुर देउवाबीच भेटबार्ता भएको छ। बुधबार साँझ प्रधानमन्त्री देउवालाई भेट्न बेरी प्रधानमन्त्रीनिवास बालुवाटार पुगेका थिए।

दुई पक्षबीच एमसीसी परियोजनाबारे छलफल भएको भेटबारे जानकारी दिँदै बालुवाटार स्रोतले जनाएको छ। भेटमा प्रधानमन्त्री देउवाले सत्ता साझेदारसँग छलफल गरी एमसीसीबारे निर्णायक निर्णय लिन दुई दिनको समय लिएको बताइएको छ। बालुवाटार स्रोतकाअनुसार एमसीसीबारे सत्ता साझेदारबीच पनि मतभेद भएको र विरोधमा प्रदर्शनहरू भइरहेकाले अमेरिकाले दिएको समयसीमा बढाउन राजदूत बेरीलाई प्रधानमन्त्री देउवाले अनुरोध समेत गरेका थिए।

एमसीसी परियोजना संसद्बाट अनुमोदन गर्न नहुने माग राख्दै सत्ता गठबन्धनका नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)सहित विभिन्न दलहरू सडक प्रदर्शनमा उत्रिएका छन्। माओवादी केन्द्रले एमसीसी संसद्मा टेबल भए विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved