बिहानै बालुवाटार पुगे प्रचण्ड, सर्‍यो गठबन्धनको बैठक

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्तासाझेदार दलहरूबीच फरकमत देखिएपछि आज दिउँसो निर्णायक बैठक बस्ने तय थियो। सोही विषयमा थप छलफलका लागि प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए।

नेपालभ्युज

बिहानै बालुवाटार पुगे प्रचण्ड, सर्‍यो गठबन्धनको बैठक
फाइल तस्वीर

काठमाडौं। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ। देउवालाई भेट्न बिहीबार बिहानै प्रचण्ड बालुवाटार पुगेका थिए।

देउवा र प्रचण्डबीच छलफल भएसँगै आज दिउँसो तीन बजेका लागि बोलाइएको सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सरेको छ। बैठक पाँच बजेका लागि सरेको प्रचण्डको सचिवालयले जनाएको छ।

अमेरिकी सहयोग परियोजना एमसीसीलाई लिएर सत्तासाझेदार दलहरुबीच फरकमत देखिएपछि आज दिउँसो निर्णायक बैठक बस्ने तय थियो। सोही विषयमा थप छलफलका लागि प्रचण्ड बिहानै बालुवाटार पुगेका थिए।

देउवा र प्रचण्डबीच छलफल भए पनि एमसीसीको विषयमा सहमति भने हुन नसकेको बताइएको छ। सहमतिको वातावरण बनाउनकै लागि बैठक दुई घण्टा सारिएको बालुवाटार स्रोतले जनाएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved