कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले नजाने

संसद् बैठकको कार्यसूची तयार गर्नका लागि बस्ने समितिको बैठकमा एमाले नजाने भएको हो।

नेपालभ्युज

कार्यव्यवस्था परामर्श समिति बैठकमा एमाले नजाने
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संघीय संसद्को कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुने भएको छ।

आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्नुअघि बिहान साढे ११ बजे समितिको बैठक बस्दैछ।

संसद् बैठकको कार्यसूची तयार गर्नका लागि बस्ने समितिको बैठकमा एमाले नजाने भएको हो।

एमाले संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आफ्नो दल कार्यव्यवस्था परामर्श समितिको बैठकमा अनुपस्थित हुने बताए। एमालेले समितिको बैठक बहिस्कार गरेको हो भन्ने नेपालभ्यूजको प्रश्नमा भट्टराईले भने, “बहिस्कार हामीले भनेकै छैनौँ। हामीले त अनुपस्थित हुने भनेका हौँ।”

आजको संसद् बैठकमा अमेरिकी सहयोग परियोजना एमसीसी टेबुल हुने सम्भावना छ। सत्तारुढ दल नेपाली कांग्रेस एमसीसीको पक्षमा खुल्दा नेकपा माओवादी केन्द्र र नेकपा (एकीकृत समाजवादी) विपक्षमा देखिएका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved