रहेनन् संगीत निर्देशक बप्पी लहरी

भनिन्छ बुवाआमाको पाइला पछ्याउँदै उनले तीन वर्षको उमेरदेखि नै तबला बजाउन थालेका थिए। शास्त्रीय संगीतका समेत राम्रो ज्ञाता बप्पीले फिल्मी जगतमा आफूलाई स्थापित भने डिस्को थिमका गीतबाट गरेका थिए।

नेपालभ्युज

रहेनन् संगीत निर्देशक बप्पी लहरी

काठमाडौं। संगीत निर्देशक बप्पी लहरीको निधन भएको छ। ६९ वर्षीको उमेरमा बप्पीको मंगलबार राति ११ बजे मुम्बईको क्रिटी केयर अस्पतालमा निधन भएको हो।

लहरीले सन् १९७०-८० को दशकका थुप्रै फिल्ममा डिस्को थिमका चर्चित गीत दिएका थिए। चलते चलते, डिस्को डान्सर, शराबी लगायत जस्ता चलचित्रमा दिएका लोकप्रिय गीतका कारण उनले ख्याती कमाएका थिए। उनको अन्तिम हिन्दी गीत सन् २०२० मा आएको फिल्म बाघी ३ को ‘एक आँखे मारुँ तो पर्दा हट जाए…’ थियो।

बप्पीको जन्म २७ नोभेम्बर १९५२ मा पश्चिम बंगालको जलपाईगुडीमा भएको थियो। उनको वास्तविक नाम आलोकेश बप्पी लहरी भए पनि उनले फिल्म क्षेत्रमा आफूलाई बप्पी लहरीका नामले चिनाएका थिए।

आफ्नो फरक शैलीका कारण उनले बलिउडमा छुट्टै पहिचान बनाएका थिए। भारतको पहिलो रकस्टार गायकका रूपमा पनि चिनिएका बप्पीले आफ्नो करियरका दौरान थुप्रै हिट गीत दिएका छन्। उनले ६ सय ५० भन्दा बढी गीतमा संगीत दिएका छन्।

बप्पीका बुवाआमा अपरेश लहरी र बन्सरी लहरी शास्त्रीय संगीतकार एवं बंगाली भाषाका प्रसिद्ध गायक थिए। भनिन्छ बुवाआमाको पाइला पछ्याउँदै उनले तीन वर्षको उमेरदेखि नै तबला बजाउन थालेका थिए। शास्त्रीय संगीतका समेत राम्रो ज्ञाता बप्पीले फिल्मी जगतमा आफूलाई स्थापित भने डिस्को थिमका गीतबाट गरेका थिए।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved