चारदेशीय टी–२० शृङ्खलामा नेपालले आयरल्यान्डको सामना गर्दै

नेपालभ्युज

चारदेशीय टी–२० शृङ्खलामा नेपालले आयरल्यान्डको सामना गर्दै

काठमाडौं। आईसीसी टी–२० विश्वकप छनोट खेलको तयारीस्वरुप आयोजित चारदेशीय शृङ्खलाको अन्तिम खेलमा आज नेपाल बलियो प्रतिस्पर्धी आयरल्यान्डसँग प्रतिस्पर्धा गर्दैछ ।

ओमानको मस्कटस्थित अल अमेरत क्रिकेट मैदानमा हुने खेल नेपाली समयअनुसार ३ः४५ बजे शुरु हुनेछ ।

पहिलो खेल आयोजक ओमानलाई ६ विकेटले हराउँदै सुखद सुरुवात गरेको नेपालले युएईविरुद्ध २५ रनले हारेको थियो। यस्तै,आयरल्यान्डले पहिलो खेलमा ओमानमाथि ९ विकेटको सहज जित निकाल्दा दोस्रो खेलमा युएईसँग १३ रनले पराजित भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved