बुटवलमा एमसीसीविरुद्ध नेकपा (एस) को प्रदर्शन

नेपालभ्युज

बुटवलमा एमसीसीविरुद्ध नेकपा (एस) को प्रदर्शन

बुटवल। नेकपा (एकीकृत समाजवादी) पार्टीले एमसीसीविरुद्ध बुटवलमा प्रदर्शन गरेकव छ।

पार्टीका भ्रातृ संगठनहरूले संयुक्त रूपमा एमसीसी राष्ट्रिय हितविपरीत रहेको भन्दै आइतबार विरोध जनाए। ‘एमसीसी चाहिँदैन’, ‘राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ’, ‘एमसीसी खारेज गरौँ’, ‘ब्याक एमसीसी’, ‘वैदेशिक हस्तक्षेप मुर्दावाद’लगायत प्लेकार्डसहितको नारा लगाएका थिए।

बुटवलमा भएको विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नरहेकाले कुनै पनि हालतमा स्विकार्न नहुने बताए।

उनले सम्झौता लागू गराउन अमेरिकाले नेताहरूलाई धम्की दिएकोमा आपत्ति जनाए। अमेरिकी स्वार्थ पूरा गर्न नेपाली जनता तयार नभएको बताए। उनले आफूहरू टाउकोमा कफन बाँधेर आन्दोलनमा होमिएकाले शीर्ष नेतालाई घुँडा नटेक्न चेतावनी दिए।

बुटवल ट्राफिक चौकमा भएको विरोध प्रदर्शमा युवा संघ नेपालका केन्द्रीय सचिव हिमाल थपाले एमसीसी परियोजनाबारे राजनीतिक र नागरिक तहमा थुप्रै प्रश्नहरू उठेकाले त्यसबारे सहमति नगरिकन संसदनमा लैजानै नहुने अडान लिए।

विरोध प्रदर्शनमा अनेरास्ववियूका केन्द्रीय सचिव कृष्ण थापा, युवा संघ रुपन्देहीका अध्यक्ष कृष्ण थापाले एमसीसी परियोजना खारेज गर्न माग गरे। प्रदर्शनमा नेकपा (एस) का केन्द्रीय सदस्य डा बालकृष्ण चापागाई, केन्द्रीय सदस्य उमा काफ्ले, प्रदेश कमिटी सदस्य हिराध्वज शाहलगायत नेताहरूको उपस्थिति थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved