न्यायालयको अराजकता अन्त्य आवश्यक थियो, तर महाभियोग ठीक बाटो होइन : कमल थापा

नेपालभ्युज

न्यायालयको अराजकता अन्त्य आवश्यक थियो, तर महाभियोग ठीक बाटो होइन : कमल थापा

काठमाडौं। भर्खरै राप्रपा नेपालको अध्यक्ष बनेका कमल थापाले प्रधानन्यायाधीशविरुद्धको महाभियोग ठीक नभएको तर्क गरेका छन्। न्यायालयमा लामो समयदेखि भइरहेको अराजकता अन्त्य आवश्यक भए पनि महाभियोगको बाटो भने ठीक नभएको धारणा राखेका छन्।

आइतबार दिउँसो एक ट्वीट गर्दै थापाले विगतमा कंग्रेस र माओवादी मिलेर तत्कालीन प्रधान्यायाधीश सुशीला कार्कीविरुद्ध महाभियोग लगाउँदा नैतिकताका आधारमा आफूहरूले सरकारबाट अलग भएको पनि स्मरण गराए।

महाभियोगजस्ता कार्यले न्यायपालिकाको स्वतन्त्र अस्तित्वमा आघात पुग्ने पनि उनको लेखाइ थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved