शुक्लाफाँटा निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणना शुरू

नेपालभ्युज

शुक्लाफाँटा निकुञ्ज र आसपासका क्षेत्रमा बाघ गणना शुरू
प्रतिकात्मक तस्वीर

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज र आसपासका वन क्षेत्रमा आजदेखि बाघ गणना थालिएको छ। नेपाल सरकारका वन तथा वातावरण मन्त्री रामसहाय प्रसाद यादवले बाघ गणनाको उद्घाटन गरेका हुन्।

त्यस क्रममा मन्त्री यादवले वन्यजन्तुका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज प्रमुख वासस्थानका रूपमा रहेकोले निकुञ्ज र आसपासका वन क्षेत्रको संरक्षण गर्नुपर्ने बताए। शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत किशोर कुमार महतोले स्वचालित क्यामेराबाट बाघ गणना गरिने बताए। २१ दिनसम्म बाघ गणना कार्य गरिने महतोले जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved