कास्की प्रशासनको निर्णय : स्कुल खुल्ने, डान्सबार र दोहोरी साँझ बन्द

कास्की प्रशासनले गतपुस अन्तिम सातादेखि कोरोना जोखिम बढेपछि बन्द रहेका विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

नेपालभ्युज

कास्की प्रशासनको निर्णय : स्कुल खुल्ने, डान्सबार र दोहोरी साँझ बन्द

पोखरा। कास्कीका बन्द रहेका शैक्षिक संस्था १ फागुनदेखि सञ्चालनमा आउने भएका छन्। जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरी निषेधाज्ञाको आदेशलाई खुकुलो बनाउँदै स्वास्थ्य मापदण्डको पालना गर्ने गरी भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्न अनुमति दिएको हो।

कास्की प्रशासनले गतपुस अन्तिम सातादेखि कोरोना जोखिम बढेपछि बन्द रहेका विद्यालय, विश्वविद्यालय, कलेज र ट्युसन सेन्टरमा भौतिक उपस्थितिमै कक्षा सञ्चालन गर्न अनुमति दिएको हो।

तर, सिनेमा हल, डान्सबार, दोहोरी, नाच घर, क्लब, हेल्थ क्लब, जिम खाना, स्विमिङ पुल, फुटसल, पटके हाटबजार, स्पा सेन्टर, ब्यूटी पार्लरलगायत भीडभाड हुने अन्य स्थानमा भने अझै पनि रोक लगाइएको छ। प्रशासनले आमसभा, जुलुससभा वा धेरै मानिस भेला हुने क्रियाकलाप पनि गर्न नपाइने गरी आदेश जारी गरेको हो।

प्रमुख जिल्ला अधिकारीले जारी गरेको सूचनाअनुसार मास्कको उचित प्रयोग, हात धुने व्यवस्था, सेनिटाइजरको प्रयोग र विद्यार्थीका बीचमा भौतिक दूरी पालना गराउने गरी शैक्षिक संस्था सञ्चालनको अनुमित दिइएको छ।

यसैगरी, विद्यार्थी ओसारपसार गर्दा माथिल्लो र तल्लो कक्षाका विद्यार्थीलाई भीडभाड नहुने गरी फरक÷फरक समयमा आवागमनको व्यवस्था मिलाउन, अतिरिक्त कक्षा सञ्चालन नगर्न र कक्षाकोठा, शौचालयलगायत भौतिक संरचनाको सरसफाइ गर्न प्रशासनले आग्रह गरेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved