‘जनता अल्मलाउने झिल्केमिल्के कुरा गरी प्रचण्डले देश गम्भीर दुर्घटनामा पुर्‍याए’

प्रचण्डले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप उनको थियो।

नेपालभ्युज

‘जनता अल्मलाउने झिल्केमिल्के कुरा गरी प्रचण्डले देश गम्भीर दुर्घटनामा पुर्‍याए’
फाइल तस्वीर

काठमाडौं। प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले देश गम्भीर दुर्घटनामा पुर्‍याएको बताएका छन्। प्रचण्डले अमेरिकी सहयोग परियोजना (एमसीसी)बारे झिल्केमिल्के कुरा गरी प्रदेशलाई गम्भीर नोक्सान पुर्‍याउने काम गरिरहेको उनले बताएका हुन्।

शनिबार काठमाडौं महानगरपालिका वडा नम्बर ४ मा निर्माण गरिएको धुम्बाराही पार्कको उद्घाटन गर्दै उनले माओवादी अध्यक्ष दाहालले एमसीसीबारे विदेशीसँग एउटा कुरा, कार्यकर्तासँग अर्को कुरा र जनतासँग बेग्लै कुरा गरेर फट्याई गरिरहेको आरोप लगाए। राजनीतिक पार्टीका नेताहरूले देश र जनताको हित विपरित हुने यस्ता खालका गतिविधिले समाजमा झनै विकृति बढ्ने उनको भनाइ थियो।

जनताको बीचमा फट्याई कुरा गर्नेलाई चिनेर सचेत गराउनुपर्ने बेला आएको उनले बताएका थिए।

‘‘राजनीतिक पार्टीका मान्छेहरूले जे जनताको हितमा, देशको हितमा हुन्छ त्यो सही कुरा बोल्ने सामर्थ्य राख्नुपर्दछ नत्र भने यता गयो यताका कुरा, उता गयो उताका कुरा गर्ने चरित्र देखायो भने त्यसले नोक्सानी हुन्छ,” उनले भने, ‘‘विदेशीसित गयो एउटा कुरा, कार्यकर्तासँग भेट भयो एउटा कुरा, जनतासँग गयो अर्कै कुरा! यस्ता खालका झिल्केमिल्के कुरा गरेर जनतालाई अलमल्याउने खालका कतिपय गतिविधि भएका छन्।”

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved