जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु

भुर्तेलको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ। उनका पाँच छोरा र दुई छोरी छन्।

नेपालभ्युज

जिल्लाकै ज्येष्ठ नागरिकको मृत्यु
सांकेतिक तस्वीर

इलाम। इलाम जिल्लाका ज्येष्ठ नागरिकको मृत्यु भएको छ। १०७ वर्षीय टङ्कनाथ भुर्तेलको मृत्यु भएको हो।

भुर्तेलको आज बिहान आफ्नै निजी निवास इलाम नगरपालिका–५ बरबोटे घरमा मृत्यु भएको हो।

भुर्तेलको आज बिहान ७ः३० बजे मृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। उनको बुढ्यौलीकै कारण मृत्यु भएको बताइएको छ।

भुर्तेलको आज नै माइखोलाको कुँडुले सेपेनी घाटमा दाहसंस्कार गरिने बताइएको छ। उनका पाँच छोरा र दुई छोरी छन्।

भुर्तेल वृद्ध भएकै कारण र जिल्लाकै बढी उमेरका कारण उनीसँग धेरैले आशिष थाप्न र भेट्न जाने गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved