थापाको सम्झनामा स्मृतिग्रन्थ र गीति-एल्बम प्रकाशित

नेपालभ्युज

थापाको सम्झनामा स्मृतिग्रन्थ र गीति-एल्बम प्रकाशित

काठमाडौं। वरिष्ठ गायक जगतमर्दन थापाको सम्झनामा स्मृतिग्रन्थ र गीति-एल्बम विमोचन भएको छ। थापाको ८६ औं जन्मजयन्तीमा आयोजित कार्यक्रममा ‘जगतमर्दन थापा : अथक स्वरसाधक’ नामक स्मृतिग्रन्थ र ‘कुनै भेदभाव छैन’ नामक गीति एल्बम विमोचन गरिएको हो।

दशको दशकदेखि नै साहित्य लेखन, गायन र संगीत सिर्जनामा आवद्ध थापाको २०७७ साल २२ मंसीरमा निधन भएको थियो। उनको छैठौं गीति–एल्बम ‘कुनै भेदभाव छैन’ तयार भए पनि कोरोना संक्रमणका कारण विमोचन हुन सकेको थिएन। यस पटक भने उनको स्मृतिग्रन्थका साथै गीति–एल्बम पनि विमोचन भएको हो। स्मृतिग्रन्थमा थापासँग निकट रहेका ७१ जनाका लेखरचना समेटिएका छन् भने एल्बममा उनीद्वारा स्वरवद्ध ६ ओटा गीत रहेका छन्।

उक्त कार्यक्रममा वरिष्ठ सिने निर्देशक तथा गीतकार यादव खरेलले भौतिक सम्पत्तिभन्दा सिर्जनाहरू कालजयी रहने बताएका थिए।

स्मृतिग्रन्थ र गीति–एल्बम विमोचन समारोहमा स्मृतिग्रन्थका सम्पादक विवश वस्ती, दिवंगत थापाका सुपुत्र मोहितमर्दन थापाले आ–आफ्नो मन्तव्य राखेका थिए। गीतकार संघ, नेपालको आयोजनामा भएको सो कार्यक्रममा संघका अध्यक्ष शुभ मुकारुङ, उपाध्यक्ष वसन्त वित्यासी थापाले बोलेका थिए भने हरिराम पौडेलले कार्यक्रम सञ्चालन गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved