एसईई परीक्षा वैशाख ९ गतेदेखि

नेपालभ्युज

एसईई परीक्षा वैशाख ९ गतेदेखि

काठमाडौं। माध्यामिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको बुधबार बसेको बैठकले वैशाख ९ गतेदेखि २० गतेसम्म एसईई परीक्षा गर्ने निर्णय गरेको हो। बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार बिहीबार परीक्षाको तालिका सार्वजनिक हुनेछ।

परीक्षातालिका बिहीबारको गोरखापत्र दैनिक र बोर्डको वेबसाइटमा सार्वजनिक हुनेछ।

परीक्षामा ५ लाख ८ हजार विद्यार्थी सहभागी हुने अनुमान गरिएको छ। यसअघि दुई वर्ष कोरोना महामारीका कारण आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशन गरिएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved