किसान आन्दोलनको माग पूरा नभए झापादेखि कञ्चनपुरसम्म निर्वाचन हुन दिँदैनौं : सीके राउत

नेपालभ्युज

किसान आन्दोलनको माग पूरा नभए झापादेखि कञ्चनपुरसम्म निर्वाचन हुन दिँदैनौं : सीके राउत

काठमाडौं । किसान आन्दोलनको माग सम्बोधन नभए स्थानीय तहको निर्वाचनमा अवरोध गर्ने जनमत पार्टीका अध्यक्ष डा सीके राउतले चेतावनी दिएका छन्।

बुधबार वीरगञ्जमा पत्रकार सम्मेलन गरी उनले भने, “पहिले किसान आन्दोलनको माग सम्बोधन होस् अनि मात्र यहाँ स्थानीय तहको निर्वाचनको परिकल्पना गरौं,” राउतले भने, “नभए अरु ठाउँमा त भन्न सकिन्नँ तर तराई-मधेसमा झापादेखि कैलाली कञ्चनपुरसम्म स्थानीय निर्वाचनमा हामी अवरोध गर्नेछौं।”

आफूहरू निर्वाचनमा जान तयार भए पनि सरकारले कमसेकम किसान आन्दोलनको माग पूरा गर्नुपर्ने उनको माग थियो। निर्वाचनबाट जो आए पनि आफ्नो एजेण्डा यही हुने पनि बताए।

“किसान आन्दोलनको ज्ञापन पत्र नलिने, तर विदेशीको स्वार्थको पछाडि हाम्रा नेताहरू दौडिरहेका छन्,” उनले भने।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved