१२ वर्ष मुनिका बालबालिकाका लागि खोप ल्याउँदैछौं : स्वास्थ्यमन्त्री खतिवडा

बको केही दिनभित्रै सबै नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको जानकारी उनले दिए।

नेपालभ्युज

१२ वर्ष मुनिका बालबालिकाका लागि खोप ल्याउँदैछौं : स्वास्थ्यमन्त्री खतिवडा
फाइल तस्वीर

काठमाडौं। स्वास्थ्य तथा जनसंख्यामन्त्री बिरोध खतिवडाले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकाका लागि कोरोनाविरुद्धको फाइजर खोप ल्याउन लागिएको बताउनु भएको छ।

बुधबार नेकपा (एकीकृत समाजवादी) निकट विद्यार्थी संगठन अनेरास्ववियूले विद्यार्थीहरूलाई चाँडो कोरोनाविरुद्धको खोप लगाउन र विपन्नहरूको स्वास्थ्य सेवा निःशुल्क गर्न माग गर्दै बुझाएको ज्ञापनपत्र लिँदै मन्त्री खतिवडाले यस्तो बताएका हुन्। उनले विद्यार्थीहरूलाई खोपको सहजताका लागि विद्यालयलाई नै खोप केन्द्र बनाइएको र आउने दिनमा खोपको उपलब्धतामा कमी हुन नदिने प्रतिवद्धता जनाए।

मन्त्री खतिवडाले सरकार कोरोनाविरुद्धको खोप दिनका लागि तयार रहेको र विद्यार्थीहरूलाई खोप लगाउन प्रेरित गर्न विद्यार्थी संगठनले भूमिका खेल्नुपर्ने बताए। अबको केही दिनभित्रै सबै नेपालीलाई बुस्टर डोज दिने सरकारको योजना रहेको जानकारी उनले दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved