विवाहबाट फर्किएका बालक मृत फेला, स्थानीयले गरे सडक अवरुद्ध

नेपालभ्युज

विवाहबाट फर्किएका बालक मृत फेला, स्थानीयले गरे सडक अवरुद्ध
सांकेतिक तस्वीर।

डडेलधुरा। जोरायल गाउँपालिका– १ गोगनपानीमा एक बालक मृत अवस्थामा फेला परेका छन्। विवाहबाट घर फर्किएका डडेल्धुराको आलिताल गाउँपालिका–१ भुसुका १६ वर्षीय बालक भानु नाथ मृत्तावस्थामा फेला परेको प्रहरीले जनाएको छ।

यही २३ माघ राति बिहेमा गएका नाथ आज गोगनपानी सडकनजिकै मृत अवस्थामा भेटिएका र घटनाबारे जानकारी पाएपछि जिल्ला प्रहरी कार्यालयको टोली घटनास्थलतर्फ गएको सह–प्रवक्ता रवीन्द्र चन्दले जानकारी दिए।

बालक मृत अवस्थामा भेटिएपछि स्थानीयवासीले अहिले अत्तरिया स्याउले जोड्ने भीमदत्तराजमार्ग अवरुद्ध पारेका छन्।

उक्त घटनाको छानबिन गर्न भन्दै राजमार्ग बन्द गरिएको स्थानीयवासी कमलबहादुर डाँगीले बताए। राजमार्ग अवरुद्ध हुँदा लामो तथा छोटो दूरीका दजर्नौँ यातायातका साधन गोगनपानीमा जाममा परेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved