११ तस्वीरमा हेर्नुहोस् एमसीसीविरुद्ध जुलुससहित प्रदर्शन

११ तस्वीरमा हेर्नुहोस् एमसीसीविरुद्ध जुलुससहित प्रदर्शन

काठमाडौं । अमेरिकी सहयोग सम्झौता एमसीसीविरुद्ध बुधबार काठमाडौंमा जुलुससहित प्रदर्शन भएको छ। ६ ओटा राजनीतिक दलले काठमाडौंको माइतीघरबाट संसद् भवन अगाडि प्रदर्शन गरेका छन्।

शेरबहादुर देउवा नेतृत्वको गठबन्धन सरकारले एमसीसी सम्झौता संसदबाट अनुमोदन गर्ने प्रयत्न गरेको भन्दै त्यसविरुद्ध ६ कम्युनिस्ट पार्टी र २ मोर्चा सडकमा निस्किएका हुन्।

प्रदर्शनमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहन विक्रम सिंहको नेकपा (मसाल), मोहन वैद्यको नेकपा (क्रान्तिकारी माओवादी), ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी पार्टी, नेपाल र कर्णजित बुढाथोकी अध्यक्ष रहेको नेकपा माओवादी केन्द्र समाजवादी सहभागी थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved