आगो लगाएर भाउजूको हत्या, देवर फरार

नेपालभ्युज

आगो लगाएर भाउजूको हत्या, देवर फरार
प्रतीकात्मक तस्वीर

जनकपुरधाम। सप्तरीका एक युवकले आफ्नै भाउजूको शरीरमा पेट्रोल छर्किएरर आगो लगाई हत्या गरेका छन्।

सप्तरीको बोदेबर्साइन नगरपालिका १ धनगढी निवासी परमेश्‍वर साहले भाउजू राजकुमारी साहको शरीरमा पेट्रोल छर्केर आगो लगाएको राजकुमारीका श्रीमान् रविनले बताए।

२१ माघ बिहान घरमा रोटी पकाइरहेको अवस्थामा २० वर्षीय परमेश्‍वरले २७ वर्षीया राजकुमारीको शरीरमा पेट्रोल छर्किएर आगो लगाएका थिए। राजकुमारीको शरीरको विभिन्न भाग जलेपछि विराटनगरमा उपचार भइरहेको थियो।

उनको उपचारकै क्रममा शनिबार राति मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता माधवप्रसाद काफ्लेले जानकारी दिएका छन्। प्रवक्ता काफ्लेले मृतकको श्रीमानको जाहेरीका आधारमा देवरको खोजी भइरहेको जानकारी दिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved