नेपालमा ७० प्रतिशतले लगाए खोप, अमेरिकाले दियो बधाई

नेपालभ्युज

नेपालमा ७० प्रतिशतले लगाए खोप, अमेरिकाले दियो बधाई
फाइल तस्वीर

काठमाडौं । नेपालमा कोभिडविरूद्धको खोप लगाउने वयस्क जनसंख्या (१८ वर्षमाथि) ७० प्रतिशत पुगेसँगै अमेरिकाले बधाई दिएको छ। काठमाडौंस्थित अमेरिकी राजदूतावासले शनिबार एक विज्ञप्ति जारी गर्दै नेपाललाई बधाई दिएको हो।

यसअघि विश्व स्वास्थ्य संगठनले पनि ७० प्रतिशत वयस्कहरूले कोभिड १९ विरुद्धको पूर्ण मात्रा खोप लगाउन सफल भएकोमा नेपाललाई बधाई दिएको थियो। अमेरिकाले महामारीको शुरुवातदेखि नै नेपाललाई कोभिड १९ विरुद्धको अभियानमा सघाइरहेको विज्ञप्तिमा उल्लेख छ।

अमेरिकाले अहिलसम्म २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन सहयोग उपलव्ध गराएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘अमेरिकाले नेपाललाई २३ लाखभन्दा बढी डोज कोभिड १९ भ्याक्सिन समेत झन्डै १२० मिलियन डलरभन्दा बढीको आर्थिक, सामग्री, तथा सेवा सहायता उपलब्ध गराइसकेको छ। नेपालीहरू भाइरसलाई परास्त गर्नेतर्फ सफल हुँदै गएकोमा हामी हर्षित छौं।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved