बिहेपछि फिल्मबाट टाढिनुपर्ने शर्तका कारण अभिषेकलाई छाडेकी थिइन् करिश्माले

नेपालभ्युज

बिहेपछि फिल्मबाट टाढिनुपर्ने शर्तका कारण अभिषेकलाई छाडेकी थिइन् करिश्माले

बलिउड अभिनेता अभिषेक बच्चनले आज ६ फेब्रुअरीबाट ४६ वर्ष पूरा भएका छन्।

१९७६ मा महाराष्ट्रको बम्बइमा जन्मिएका उनी बलिउडका चर्चित अभिनेता अमिताभ बच्चनका छोरा हुन्। सन् २००० बाट फिल्म क्षेत्रमा आएका अभिषेक दर्जनौं फिल्ममा काम गरिसकेका छन्।

सन् २००२ मा अमिताभ बच्चनले आफ्नो ६० औं जन्मदिनको अवसरमा छोरा अभिषेक बच्चन र त्यसबेलाकी चर्चित अभिनेत्री करिष्मा कपुरको इन्गेजमेन्ट घोषणा गरेका थिए। अर्को एक कार्यक्रममा जया बच्चनले पनि करिश्मालाई बुहारी पनि भनेकी थिइन्। तर सन् २००३ मा इन्गेजमेन्ट टुटेको थियो।

जयाले बुहारीले बिहेपछि फिल्ममा काम नगरून् भन्ने चाहेकी तर करिश्मा र उनकी आमालाई यो शर्त मान्य नभएको भारतीय मिडियाहरूले त्यतिबेला लेखेका थिए। पछि करिश्मा कपुरले २००३ मा व्यवसायी सञ्जय कपुरसँग लगनगाँठो कसेकी थिइन्।

करिश्मापछि अभिषेकको नाम अर्की अभिनेत्री तथा विश्वसुन्दरी ऐश्वर्या रायसँग जोडिएर आएको थियो। पछि उनीहरूले विवाह गरेका थिए।

यो जोडीले ‘ढाई अक्षर प्रेम के’, ‘कुछ न करो’, ‘गुरु’, ‘धूम २’, ‘रावण’, ‘बंटी र बबली’ जस्ता फिल्ममा सँगै काम गरे। १४ जनवरी २००७ मा इन्गेजमेन्ट गरेपछि यी जोडीले २० अप्रिल २००७ मा मुम्बईमा विवाह गरेका थिए। यो उद्योगमा सबैभन्दा महँगो विवाहमध्ये एक हो। यो विवाहबाट दम्पतीको एक छोरी आराध्या छिन्।

अभिषेक ऐश्वर्यालाई छोरीको नाम राख्न पूरा ५ महीना लागेको थियो। छोरीको जस्तै पीडा महसुस गर्न सकियोस् भनी अभिषेकले छोरीको कान छेड्दा आफैंले पनि छेडेका थिए।

अभिषेक ९ वर्षको उमेरमा डिस्लेक्सियाबाट पीडित थिए। बलिउड फिल्म ‘तारे जमिन पर’ यही रोगमा आधारित छ। यस रोगबाट पीडित बालबालिकालाई शब्द लेख्न र बुझ्न समस्या हुन्छ। अभिषेकले बिजनेश अध्ययनका लागि बोस्टन विश्वविद्यालयमा भर्ना लिए पनि उनले बलिउडमा करिअर देखेपछि पढाइ बीचमै छाडेका थिए।

सन् १९९८ मा अभिषेकले फिल्म ‘मेजर साहब’को निर्माण कार्यको निरीक्षण गरेका थिए। तर, एक अन्तर्वार्तामा उनले सेटमा आफूबाट चिया बनाइदिने र बत्ती बाल्ने काम आफूले गर्ने गरेको बताए। यही फिल्मकै क्रममा उनले अभिनेता बन्ने निर्णय गरेका थिए।

अभिषेकले सन् २००० मा जेपी दत्तको फिल्म ‘रिफ्युजी’बाट करिना कपुरसँग बलिउडमा डेब्यु गरेका थिए। त्यो वर्षको सबैभन्दा धेरै कमाउने पाँचौं बने पनि फिल्म फ्लप भएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved