ओमिक्रोनको संक्रमण दर घट्दै गएको छ : मन्त्रालय

नेपालभ्युज

ओमिक्रोनको संक्रमण दर घट्दै गएको छ : मन्त्रालय

काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दै गएको बताएको छ। मन्त्रालयकी प्रवक्ता डा. संगीता कौशल मिश्रले नेपालमा कोरोना भाइरसको तेस्रो भेरियन्ट ओमिक्रोनको संक्रमण दर घट्दो अवस्था रहेको बताइन्।

उनले पहिले एक जना मान्छेमा भएको भाइरस ३ जनामा सर्ने गरेकोमा अहिले त्यो दर विस्तारै घटेको  उनको भनाइ छ।  छिमेकी मुलुक भारतको आन्ध्र प्रदेशबाहेक अन्य राज्यहरूमा पनि ओमिक्रोनको संक्रमण दर घटीरहेको र त्यसको प्रभाव नेपालमा पनि परेको जानकारी उनले दिइन्।

स्वास्थ्य सतर्कता अपनाएकै कारण यसको संक्रमण दर घटेकाले कोरोना जित्नका लागि सबैले अनिवार्य रूपमा मापदण्ड पालना गर्नुपर्ने उनले बताइन्। ‘‘पछिल्लो तथ्यांकअनुसार नेपालमा इन्फेक्सनको दर घटेको छ,” उनले भनिन्,‘‘भाइरसले संक्रमण गर्ने दर जुन पहिले थियो, जस्तो एउटा भाइरसले कुनै एउटा प्रदेशमा एउटा संक्रमित मान्छेले ३ जनालाई संक्रमित गर्थ्यो, त्यो दर अब विस्तारै घटिराखेको छ। र, यो अवस्था सबै प्रदेशमा छ।”

खोपको अभाव नरहेको पनि उनको भनाइ थियो। खोप स्टकमा रहेको र केही पाइपलाइनमा पनि रहेकाले खोप लगाउन सबै नागरिकलाई मन्त्रालयले अपिल गरेको उनले बताइन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved