इस्लामिक स्टेटका कमाण्डर हवाई हमलामा मारिएका बाइडेनको दाबी

नेपालभ्युज

इस्लामिक स्टेटका कमाण्डर हवाई हमलामा मारिएका बाइडेनको दाबी

सिरिया हवाई हमलामा इस्लामिक स्टेटका कमाण्डर इब्राहिम अल हाश्मी अल कुरेशी मारिएका छन् अमेरिकी राष्ट्रपति जो बाइडेलने दाबी गरेका छन्।

शुरुमा यस हमलामा १३ जना सर्वसाधारण मारिएको खबर आएको थियो। त्यसपछि बाइडेनको यस्तो बयान आएको हो। तर, न्यूयोर्क टाइम्सले बाइडेन प्रशासनका एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै इब्राहिम मारिएको दाबी गरे पनि उनी आफ्नै बमको शिकार भएको बताएका छन्। यस क्रममा उनकी श्रीमती र छोराछोरी पनि मारिएका भनिएको छ।

‘हाम्रा सैनिकहरूको बहादुरीलाई सलाम। हामीले अबु इब्राहिम अल हाश्मीलाई युद्धको मैदानमा मार्‍यौं। उनी ISIS का नेता पनि थिए। त्यो अपरेशनपछि सबै अमेरिकी सैनिकहरू सुरक्षित रूपमा आफ्नो आधारमा फर्किएका छन्,’ बाइडेनले भनेका थिए।

उत्तरी सिरियामा गरिएको यो अपरेशन हेलिकप्टरबाट आएका २४ अमेरिकी कमाण्डोले गरेका थिए। यस क्रममा रिपर ड्रोन पनि प्रयोग गरिएको जनाइएको छ। सन् २०१९ मा पनि यस्तै अपरेशन गरिएको थियो। जसमा ISIS का नेता अबु बकर अल बग्दादी मारिएका थिए।

अमेरिकी सेनाको कारवाहीमा ६ सिरियाली बालबालिकासहित १३ को मृत्यु

सिरियाको विद्रोही नियन्त्रित इदलिब प्रान्तमा अमेरिकी सेनाको कारबाहीमा छ बालबालिकासहित कम्तीमा १३ जनाको मृत्यु भएको छ।

मारिनेमा चार महिला पनि रहेको जनाइएको छ। टर्कीको सीमा नजिकै उत्तरपश्चिम सिरियाली शहर अटमेहको एउटा भवनलाई लक्षित कारबाहीमा उनीहरू मारिएका जनाइएको छ।

सो भवनमा दशक लामो युद्धबाट विस्थापित हजारौं मानिसहरू बस्दै आएको बताइएको छ। साथै उक्त क्षेत्र अल कायदासँग सम्बन्धित विदेशी जिहादीहरूको पकड क्षेत्र मानिन्छ।

वर्षौंदेखि, अमेरिकी सेनाले उत्तरी सिरियामा अल–कायदाका नेताहरूलाई परास्त गर्न ड्रोन आक्रमण जारी राखेको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved