नागरिक उड्डयन प्राधिकरणले पायो नेतृत्व

नेपालभ्युज

नागरिक उड्डयन प्राधिकरणले पायो नेतृत्व

काठमाडौं। नागरिक उड्डयन प्राधिकरणले २१ दिनपछि नेतृत्व पाएको छ।

सोमबार मन्त्रि‍परिषद्को निर्णयअनुसार महानिर्देशकमा नियुक्त भएका प्रदीप अधिकारीले बिहीबार पदभार सम्हालेका छन्।

चार वर्षका लागि महानिर्देशक पदमा नियुक्त भएका ४२ वर्षीय अधिकारीले पुल्चोक इन्जिनियरिङ क्याम्पसबाट एमई गरेका छन् भने अर्थशास्त्रमा विद्यावारिधि गर्दैछन्। २०६४ सालमा प्राधिकरणमा आठौँ तहमा सेवा प्रवेश गरेका उनी खुला प्रतिस्पर्धामा निर्देशक बनेका थिए।

महानिर्देशकमा भोला प्रसाद गुरागाईं, प्रताबबाबु तिवारी, हंशराज पाण्डे, देवचन्दलाल कर्ण र गोविन्दप्रसाद दाहाल दाबेदार थिए। यसअघि गत कात्तिक १० गते राजकुमार क्षत्रीलाई सञ्चालक समितिले चार वर्षे कार्यकालका लागि महानिर्देशकमा नियुक्त गरेपछि विवाद सिर्जना भएको थियो।

तर क्षत्रीले उमेर हदका कारण यही २५ पुसदेखि अनिवार्य अवकाश पाए। अवकासका लागि २३ गते मन्त्रालयबाट पत्र पाएका क्षत्रीले आफूलाई चार वर्षे कार्यकाल काम गर्न पाऊँ भन्दै २१ गते सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए।

त्यही मुद्दाका आधारमा सर्वोच्चले अल्पकालीन आदेश दिए पनि टुंगो भनेको लागेको छैन।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved