सीके राउतका कार्यकर्ताले गरे राजमागर्ग अवरुद्ध

यस क्रममा हालसम्म कार्यकर्ताहरूले दुईओटा ट्रकमा आगजनी गरेका छन् भने सात सरकारी गाडीमा तोडफोड समेत गरेका छन्।

नेपालभ्युज

सीके राउतका कार्यकर्ताले गरे राजमागर्ग अवरुद्ध

सप्तरी। सीके राउत नेतृत्वको  जनमत पार्टीका कार्यकर्ताले सप्तरीमा टायर बालेर राजमार्ग अवरुद्ध गरी प्रदर्शन गरेका छन्। कार्यकर्ताहरूले बिहीबार बिहानैदेखि सप्तरी-रुपनीको राजमार्ग अवरुद्ध गरेका हुन्।

सीके राउतको सचिवालयका किसान आन्दोलनअन्तर्गत अनुसार सप्तरी–रुपनीमा चक्काजाम गरिएको हो। प्रदर्शनका कारण सप्तरीको राजमार्ग अवरुद्ध भएको छ भने लामो दूरीका सवारीसाधन पनि प्रभावित भएका छन्। मधेश केन्द्रित राजनीति  गर्दै  आएको राउत नेतृत्वको जनमत पार्टीले विगत एक महीनादेखि किसानलाई मलखादको व्यवस्था गर्नुपर्ने, सिँचाइको व्यवस्था गर्नुपर्ने, किसानलाई पेन्सन दिनुपर्ने लगायतका ११ बूँदै माग राखेर आन्दोलन गरिरहेको छ।

यस क्रममा हालसम्म कार्यकर्ताहरूले दुईओटा ट्रकमा आगजनी गरेका छन् भने सात सरकारी गाडीमा तोडफोड समेत गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved