बलिउड अभिनेता रमेश देवको निधन

बलिवुड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग अभिनय गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो।

नेपालभ्युज

बलिउड अभिनेता रमेश देवको निधन

एजेन्सी। बलिउड अभिनेता रमेश देवको निधन भएको छ। अमिताभ बच्चन, राजेश खन्नासमेत केही कलाकारसँग अभिनय गरेका प्रसिद्ध मराठी अभिनेता रमेश देवको निधन भएको हो।

९३ वर्षको उमेरमा देवको गए राति मृत्यु भएको भारतीय सञ्चार माध्यमले जनाएका छन्। मुम्बईको धीर भाइ अस्पतालमा उनको मृत्यु भएको हो। उनले चार दिन अघि मात्रै ९३ औँ जन्मदिन मनाएका थिए। केही मराठी र हिन्दी चलचित्रमा अभिनय गरेका रमेश देवको श्रीमती सीमा पनि अभिनेत्री हुन्।

उनका छोराहरू अजिन्क्य र अभिनय पनि बलिउडसँग जोडिएका छन्। ‘आरती’बाट हिन्दी चलचित्रको यात्रा शुरु गरेका रमेश देवले सरस्वती चन्द्र, आनन्द, आपकी कसम, मेरे सपने, तीन बहुरानियाँ, पतीता जस्ता चलचित्रमा अभिनय गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved