सोनाम ल्होछारले संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गर्छ: ओली

नेपालभ्युज

सोनाम ल्होछारले संस्कृतिको संरक्षण गर्न प्रेरणा प्रदान गर्छ: ओली
फाइल तस्वीर

काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओली तामाङ समुदायको रीति, परम्परा र संस्कृतिको संरक्षण गर्न सोनाम ल्होछारले थप प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन्। सोनाम ल्होछारको अवसरमा शुभकामना दिँदै उनले नेपालका बहुसांस्कृतिक विशेषताहरू मौलिक पुँजीको रुपमा रहेको उल्लेख गरेका छन्।

एकता र सहिष्णुताको विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नुपर्ने उनले बताएका छन्। ‘‘हाम्रो सुन्दर देश नेपालका बहुसांस्कृतिक विशेषताहरू हाम्रो मौलिक पुँजीको रुपमा रहेका छन्। एकता र सहिष्णुताको यस विशेषतालाई हामीले समृद्ध देश निर्माणमा सदुपयोग गर्नु पर्दछ।’’, शुभकामना सन्देशमा भनिएको छ।

ओलीले संविधानले विविध भाषा तथा संस्कृति सम्बन्धी विषयलाई मौलिक हकको रुपमा सुनिश्चित गरेको उल्लेख गरेका छन्। विभिन्न समुदायका धार्मिक तथा सांस्कृतिक आस्थालाई सम्मान गर्दै नेपालमा विभिन्न भाषा, लिपि, धर्म, संस्कृति, सभ्यता र सांस्कृतिक सम्पदाको संरक्षण हुँदै आएको शुभकामना सन्देशमा उल्लेख छ।

एमाले ऐतिहासिक जनआन्दोलनबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतन्त्रको संवर्द्धन गर्दै सामाजिक न्याय, समानता, राष्ट्रिय एकता, राष्ट्रिय अखण्डता, स्वाधीनता र देशभक्तिलाई केन्द्रमा राखेर समृद्ध मुलुक निर्माणमा अग्रसर भएको ओलीको दाबी छ। समृद्ध नेपाल, सुखी नेपालीको साझा राष्ट्रिय आकाङ्क्षा प्राप्तिको अभियानमा गोलबन्द हुन उनले आग्रह गरेका छन्।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved