खप्तड घुम्नका लागि ‘हेली प्याकेज’ व्यवस्था

नेपालभ्युज

खप्तड घुम्नका लागि ‘हेली प्याकेज’ व्यवस्था
सुदूपश्चिमको पर्यटकीय क्षेत्र खप्तड l फाइल तस्वीर

कैलाली। सुदूरपश्चिमको धार्मिक पर्यटकियस्थल  खप्तड घुम्नका लागि यो वर्ष पनि हेलिकोप्टरको व्यवस्था गरिएको छ । खप्तड घरबास झिग्राना र खप्तड एडभेन्चर टुर प्रालिको संयुक्त आयोजनामा यहाँका प्रमुख पर्यटकीयस्थल खप्तड तथा बडिमालिका दर्शन तथा अवलोकनका लागि ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको हो।

खप्तड तथा बडिमालिका घुम्नका लागि पर्यटकका लागि स्वास्थ्य मापदण्ड पूरा गरी ‘हेली प्याकेज’ को व्यवस्था मिलाइएको  खप्तड घरबास झिग्रानाका सञ्चालक तथा उद्योग वाणिज्य सङ्घका महासचिव दीपकबहादुर खड्काले जानकारी दिए।

खड्काका अनुसार दिपायलबाट खप्तड पुग्न प्रतिव्यक्ति रु.१२ हजार तथा बडिमालिका पुग्न रु. ३० हजार लाग्नेछ। खप्तडमा अहिले कम्तीमा पनि चार फिटभन्दा बाक्लो हिँउ भएकाले उक्त क्षेत्रको अवलोकनका पर्यटकको मागबमोजिम ‘हेली प्याकेज’ को व्यवस्था गरिएको उनले बताए। यहाँ गत वर्ष पनि ‘हेली प्याकेज’ को आयोजना गरिएको थियो।गत वर्ष हेलिकोप्टरमार्फत १३५ जनाले खप्तडको भ्रमण गरेका थिए।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved