१६ दिनमा १२२ जनाको कोभिडबाट मृत्यु, धेरैजसो दीर्घरोगी

नेपालभ्युज

१६ दिनमा १२२ जनाको कोभिडबाट मृत्यु, धेरैजसो दीर्घरोगी
फाइल तस्वीर

काठमाडौं। कोरोना भाइरस संक्रमणका कारण नेपालभर ज्यान गुमानेको संख्या ११ हजार ४ सय ३५ पुगेको छ।

ज्यान गुमाउनेमा धेरैजसो दीर्घरोगी, खोप नलगाएका र ज्येष्ठ नागरिक छन्। पछिल्लो पटक फैलिएको कोरोना संक्रमणको तेस्रो लहरमा १ माघदेखि १६ माघसम्म १ सय २२ जना संक्रमितहरूको मृत्यु भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा.कृष्ण पौडेलले बताए।

नेपालमा २१ पुसदेखि कोरोना संक्रमण ह्वात्तै बढेको थियो तर ८ माघदेखि भने केही ओरोलो लागेको देखिएको छ। १३ माघमा एकै दिन १५ जना संक्रमितको मृत्यु भएको थियो। अहिले पनि मृत्यु हुनेमा धेरैजसो दीर्घरोगी रहेका स्वास्थ्य मन्त्रालयको भनाइ छ।

मृत्यु भएका मध्ये धेरैजसो ६० वर्षभन्दा माथिका व्यक्ति छन्, त्योभन्दा कम उमेरमा ज्यान गुमाएकाहरू भने क्यान्सर,टीबी, उच्च रक्तचापजस्ता विभिन्न किसिमका जटिल खालका रोग लागेका व्यक्तिहरू रहेका डा.कृष्ण पौडेलले बताए।

नेपालमा हालसम्म ११ हजार ४३५ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्त्य मन्त्रालयले जनाएको छ।

कुन उमेर समूहको कति जनाको मृत्यु ?

० देखि ९ वर्षसम्म ४९ जना
१० देखि १९ वर्षसम्म ५७ जना
२० देखि २९ वर्षसम्म ३६८जना
३० देखि ३९ वर्षसम्म ९५२ जना
४० देखि ४९ वर्षसम्म १,३५१ जना
५० देखि ५९ वर्षसम्म २,२७२ जना
६० देखि ६९ वर्षसम्म २,४५७ जना
७० वर्षदेखि ७९ वर्षसम्म २,३२८ जना
८० देखि माथि १,५८८

अज्ञात १३ जना

जम्माः ११४३५ जना


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved