ब्राजिलमा दैनिक कोरोना संक्रमितको संख्या साढे दुई लाख बढी

कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ। तीमध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

नेपालभ्युज

ब्राजिलमा दैनिक कोरोना संक्रमितको संख्या साढे दुई लाख बढी

एजेन्सी। ब्राजिलमा दैनिक संक्रमितहरूको संख्या साढे दुई लाखभन्दा बढी पुगेको छ। सरकारी अधिकारीहरूले शुक्रबार दिएको जानकारीअनुसार ब्राजिलमा पछिल्लो एक दिनमा दुई लाख ६९ हजार ९६८ जना नयाँ संक्रमित थपिएका छन्।

योसँगै ब्राजिलमा अहिलेसम्म कुल संक्रमितको संख्या दुई करोड ५० लाख ३४ हजार ८०६ पुगेको छ। ब्राजिलमा यसअघि एक दिनमा दुई लाख २८ हजार ९५४ जना नयाँ संक्रमित थपिएको विवरण सार्वजनिक गरिएको थियो।

मन्त्रालयकाअनुसार कोरोनाभाइरसका कारण ब्राजिलमा अहिलेसम्म छ लाख २५ हजार ८८४ जनाको मृत्यु भएको छ। तीमध्ये ७९९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको हो।

कोरोनाभाइरसका कारण धेरै मृत्यु भएका देशहरू मध्ये ब्राजिल दोस्रो क्रम संख्यामा पर्दछ। ब्राजिलमा भन्दा धेरै विश्वमै सबैभन्दा धेरै अमेरिकामा मृत्यु भएको छ। तेस्रो धेरै मृत्यु भने भारतमा भएको देखिएको छ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved