जुवा खेलाएको आरोपमा ठमेलबाट दुईजना पक्राउ

नेपालभ्युज

जुवा खेलाएको आरोपमा ठमेलबाट दुईजना पक्राउ
सांकेतिक तस्वीर

काठमाडौं। अनलाइन मार्फत जुवा खेलाएको आरोपमा ठमेलबाट प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा बागलुङ घर भएर काठमाडौँ–२६ ठमेलमा बस्ने राकेश कुमार क्षेत्री र भारतीय नागरिक जसपाल सिंह छन्।

आरोपीहरूको साथबाट १ लाख ५५ हजार नगद र लाखौँका बैंक भौचर तथा चेक बरामद गरिएको छ।

काठमाडौँ–२६ स्थित ठमेल होस्टलका सञ्चालक समेत रहेका राकेशकुमार क्षेत्री अनलाइन मार्फत बेटिङ पनि गराउँछन्। यसअघि पनि महानगरीय अपराध महाशाखाले उनलाई पक्रेर मुद्दा चलाएको थियो।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved