उद्योगीलाई प्रधानमन्त्रीको आग्रह- देशभित्रै मल कारखाना खोल्नुस्

“कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्। जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन, के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस्,” देउवाले भने, “यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ।”

नेपालभ्युज

उद्योगीलाई प्रधानमन्त्रीको आग्रह- देशभित्रै मल कारखाना खोल्नुस्
फाइल तस्वीर।

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा मल कारखाना स्थापना गर्न उद्योगी व्यवसायीहरुलाई आग्रह गरेका छन्।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा अफगानी नागरिकहरुलाई सहयोग गरेर फर्किएका उद्योगी, व्यवसायी र सरकारका प्रतिनिधिहरुसँगको भेटमा प्रधानमन्त्री देउवाले नेपालमै मल कारखाना स्थापना गर्न आह्वान गरेका हुन्।

देउवाले उद्योगी, व्यवसायीहरुले मल कारखाना स्थापना गरेमा सरकार सहयोग गर्न तयार रहेको पनि बताए।

“कतिपय सरकारलाई प्रायोरेटिजहरु हुन्छन्। जस्तो अहिले कुरा आएको छ, फर्टिलाइजर प्रायोरेटीको कुरा भएन, पाइएकै छैन, के गर्नु ? यहाँ त्यो उद्योग खोल्नुस्,” देउवाले भने, “यस्ता कति कुराहरुमा सहयोग गर्नुपर्ने उद्योग खोल्नुपर्ने कुरा छ। त्यसैले तपाईहरुलाई त्यो सहयोग दिन हामी तयार छौँ।”

प्रधानमन्त्री देउवाले अफगानिस्तानमा खाद्यान्न संकटको बेला मानवीय सहयोग गर्नु सरकारको दायित्व भएको भन्दै अफगानी नागरिकहरुलाई सहयोग गरेकोमा सरकारको तर्फबाट धन्यवाद ज्ञापन गरे।

“अफगानिस्तानमा अत्यन्तै खाद्य शंकट छ। त्यसमा यूएनसमेतले अफगानीहरु भोकै मर्न थाले मानवीय सहायता सहयोग चाहियो भनेर सहयोग माग्दा नेपालका सबै उद्योगपति सबैले मानवीय संकटमा खाद्यान्न पुर्‍याउने जस्तो कुरामा मद्दत गर्नुभयो, सबैलाई हार्दिक धन्यवाद,” प्रधानमन्त्री देउवाले भने।

प्रधानमन्त्री देउवाले अहिले देश कोरोना भाइरसबाट आक्रान्त बनेको भन्दै सबैले स्वास्थ्यका मापदण्ड पूर्ण पालना गरेर कोरोनालाई परास्त गर्नुपर्ने बताए।

देउवाले कोरोनाबिरुद्धको खोप सरकारको पहिलो प्राथमिकता भएकोले सबैले लगाएर कोरोनाबाट सुरक्षित हुन पनि आग्रह गरे।

“अहिले कोरोना भाइरसले पनि हैरान गरेको छ देशलाई। अत्यन्त डरलाग्दो स्थिति छ। नयाँ नयाँ भेरियन्ट आइरहेको छ, अर्को आउँदैछ भन्दैछन् विज्ञहरु। मैले भनेकै हो, खोप खोप खोप भने। खोप लगाउने मान्छे नै नभइरहेको जस्तो कुरा छ,” देउवाले भने, “अहिले जत्ति पनि खोप छ। तर खोप लगाउन मान्छे चाहँदैन। त्यसैले बुस्टर डोज भन्यौँ, त्यसपछि पनि कोरोना भयो मान्छेहरुलाई।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved