नेपाल आइपुग्यो विश्व बैंकले सहयोग गरेको साढे १६ लाख डोज मोडेर्ना भ्याक्सिन

नेपालले यी खोपहरू १२–१७ वर्षका किशोरकिशोरीहरूलाई कोभिड–१९ को स्वास्थ्यमा पर्ने असरहरूबाट जोगाउन प्रयोग गर्नेछ।

नेपालभ्युज

नेपाल आइपुग्यो विश्व बैंकले सहयोग गरेको साढे १६ लाख डोज मोडेर्ना भ्याक्सिन

काठमाडौं। कोभिड–१९ बाट बालबालिका र युवालाई जोगाउन विश्व बैंकको आर्थिक सहयोगमा मोडेर्ना भ्याक्सिन नेपाल आइपुगेको छ।

विश्व बैंकले आर्थिक सहयोग गरेको मोडेर्ना खोपको ४० लाख डोजमध्ये १६ लाख ६० हजार डोज सोमबार नेपाल आइपुगेको हो। बाँकी डोजहरू छिट्टै पठाइनेछ।

नेपालले यी खोपहरू १२–१७ वर्षका किशोरकिशोरीहरूलाई कोभिड–१९ को स्वास्थ्यमा पर्ने असरहरूबाट जोगाउन प्रयोग गर्नेछ।

कोभ्याक्स लागत–साझेदारी विकल्पअन्तर्गत खरीद गरिएका मोडेर्ना खोपहरूले वित्तपोषणको लागि विश्व बैंकको भ्याक्सिन स्वीकृति मापदण्डको पालना गर्दछ र युरोपेली औषधि एजेन्सी र यूकेको मेडिसिन र हेल्थकेयर उत्पादन नियामकले १२ वर्षभन्दा कम उमेरका बालबालिकाका लागि सुरक्षित र प्रभावकारी भनी प्रमाणित गरेको छ।

“कोभ्याक्स लागत–शेयर योजनामार्फत खोपको खरीदलाई अन्तिम रूप दिने नेपाल विश्वव्यापी रूपमा दोस्रो देश थियो। हामीले १२–१७ वर्ष उमेरका किशोरकिशोरीहरूलाई खोपको दायरा बिस्तार गरेकाले नेपालका लागि मोडेर्ना खोपको आपूर्ति समयसापेक्ष हो,” स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले भने, “सरकार सन् २०२२ को अप्रिलको मध्यसम्ममा सम्पूर्ण योग्य जनसंख्यालाई खोप लगाउन प्रतिबद्ध छ। र विश्व बैंकको आर्थिक सहयोगमा पाइने मोडर्ना खोपले नेपाललाई कोभिड–१९ खोपको लक्ष्य हासिल गर्न मद्दत गर्नेछ।”


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved